Kath khabar
पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

 

                        ढोरपाटन (बागलुङ), भदौ २ ।  भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । अवरद्ध सडक खोल्ने प्रयास जारी छ । (RSS)

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update