काठमाडौं, भदौ २ । ‘द भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा कोच प्रमोद खरेलको टिमबाट प्रतिस्पर्धी अनुया तामाङले उपाधि जितेकी हुन् ।
बिजेता अनुयाले १० लाख उपहार प्राप्त गरेकी छन् । बिजेतालाई हिमालय टीभीका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेललगायतले पुरस्कार प्रदान गरे । अन्य फाइनलिस्टले पनि गिफ्ट ह्याम्पर पाएका छन् ।
ग्रान्ड फिनालेमा ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए जसमा प्रमोद खरेलको टिमबाट अनुया, लाक्पा शेर्पा, मिलन नेवारको टिमबाट सानिका धिताल र रिन्जिन डोल्मा लामा, छेवाङ्ग लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ र मेलिना राईको टिमबाट सिमाला धिताल र आयुष लामाले प्रस्तुति दिएका थिए ।
६ देखि १४ वर्षभित्रका बालबालिका सहभागी हुँदै आएको यस सोमा दर्शकको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई बिजेता छनोट गरिएको हो ।