Kath khabar
दिनुहुँ धनियाको पानी पिउनुहोस्, यस्ता छन् फाइदा


                      काठमाडौं, भदौ २ ।  धनिया एउटा मसला हो जुन हरेक घरको भान्छामा पाइन्छ । धनिया स्वाद र सुगन्धका साथै औषधिय गुणले भरिपूर्ण छ । यसले तरकारीको स्वादको साथसाथै यसले स्वास्थ्यलाई पनि फाइदा गर्छ ।

धनियामा भिटामिन सी, भिटामिन के, आइरन, क्याल्सियम जस्ता धेरै औषधीय गुणहरू छन् । यसको फाइदा लिन बिहान खाली पेटमा मनतातो धनियाको पानी पिउनुहोस् । यसो गर्नाले स्वास्थ्यका लागि अनगिन्ती फाइदा हुन सक्छन् ।

धनियाको पानी पिउनु मुटुको स्वास्थ्यका लागि फाइदाजनक रहेको स्वास्थ्यविदहरु बताउँछन् । यसको नियमित सेवनले खराब कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ। वास्तवमा, बढ्दो कोलेस्ट्रोलले मुटुलाई नोक्सान पुर्‍याउन सक्छ ।

शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन धनियाको पानी उत्तम विकल्प हुन सक्छ। धनियाको पानीमा पाइने एन्टिअक्सिडेन्टले शरीरमा फ्री रेडिकल कम गर्न मद्दत गर्छ । यस्तो अवस्थामा यसलाई बिहान सबेरै पिउनाले रोगसँग लड्ने क्षमता प्राप्त हुन्छ ।

धनियाको पानीको सेवनले मेटाबोलिजम बढाउन फाइदाजनक हुन्छ । धनियाको पानीमा पाइने तत्व तौल नियन्त्रणमा प्रभावकारी हुन्छ । त्यसैले तौल घटाउन चाहनेहरुले यसको नियमित सेवन गर्नुहोस् ।

पेटसम्बन्धी समस्यालाई कम गर्न पनि धनियाको पानी लाभदायक हुन्छ । यसका फाइदाहरू प्राप्त गर्न, यसलाई हरेक बिहान खाली पेटमा सेवन गर्नुहोस् । यसो गर्नाले ग्यास, पेट फुल्ने र पाचनजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

विशेषज्ञहरुका अनुसार धनियाको पानी पिउनाले छालामा पनि सुधार हुन्छ । धनियामा एन्टी फंगल र एन्टी ब्याक्टेरियल गुणहरू पाइन्छ । यी गुणहरूले छालालाई सफा  स्वस्थ र चम्किलो राख्न मद्दत गर्दछ। 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update