Kath khabar
३४ अंकले खुम्चियो शेयर बजार


                  काठमाडौं, भदौ २ । नेप्से घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ३४ दशमलव ४७ अंकले घटेर २९ सय ६६ दशमलव ३३ अंकमा सिमित भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै  सेन्सिटिभ पनि छ दशमलव ६५ अंकले घटेर पाँच सय २८ दशमलव ८५ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय ३० वटा कम्पनीहरुको तीन लाख नौं हजार १८ पटकको कारोबारमा छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये आज वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा र सामूहिक लगानी कोष समुहको सूचक बढेपनि विकास बैङ्क, फाइनान्स, जलविद्युत, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, अन्य र व्यापार समुहको सूचक भने घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने नेपाल फाइनान्स, शुभम् पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, अपि पावर लिमिटेड आदि परेका छन् ।  

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update