Kath Khabar
देशभर थपिए १८०१ जना संक्रमित

काठमाडौं, साउन ३ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा एक हजार आठ सय एक जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल नौ हजार छ सय २८ वटा स्वाव नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार छ सय ६७ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएकाछन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको कुल संख्या नौ हजार पाँच सय ५० पुगेकोे छ । यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने तीन सय ३४ जना संक्रमित थपिएकाछन् ।

सो मध्ये काठमाडौं जिल्लामा दुुई सय ३४ जना, ललितपुर जिल्लामा ६४ र भक्तपुर जिल्लामा ३६ जना संक्रमितहरु थपिएका हुुन् । मन्त्रालयका अनुसार यो समेत गरी उपत्यकामा सक्रिय संक्रमितको संख्या सात हजार १० रहेको छ  । 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update