Kath khabar
टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

 

                  काठमाडौं, भदौ ४ । नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार फुकुवाको तयारीमा लागेको हो ।

अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी शुरु भएको सञ्चार मन्त्रालयसम्बद्ध स्रोतले जानकारी दिएको छ । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

चिनियाँ अधिकारीको बारम्बार सोधपुछपछि नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध सम्भावित फुकुवा गर्ने तयारी गरेको छ । यो पुनर्विचार महिनौंको कूटनीतिक दबाब र टिकटकबाट स्थानीय नियमहरूको पालना गर्ने प्रतिबद्धताहरू पछि आएको हो । सञ्चार मन्त्रालय स्रोतले टिकटकले लिखित प्रतिबद्धता जनाएपनि यसको नियमन कसरी गर्ने भन्ने विषय छलफलमा रहेको बताएको छ । टिकटक प्रतिबन्धपछि सर्वोच्च अदालतमा मुद्धाहरु समेत दायर भएका छन् र सुनुवाइको क्रममा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update