Kath khabar
एनएमबि बैंकसंगको सहकार्यमा महाबचत बजार अभियानको तयारी पुरा गर्दै दराज

काठमाडौं, साउन ३ । नेपालको अग्रणी अनलाइन बजार, दराजले साउन तीन गते गतेदेखि दराज र एनएमबि बैंकबिच सम्झौत गरी महाबचत बजार सुरु हुने घोषणा गरेको छ । यो अभियानको मुख्य उदेश्य ग्राहकहरुका लागि बचत साथै अनलाइन प्री-पेमेन्ट प्रबर्धन गर्नु हो ।

अभियानको मुख्य हाइलाइटहरू भने चार हजार रुपैयाँसम्मको छुुट, एनएमबि बैंकको डेबिट, क्रेडिट कार्ड मार्फत अनलाइन प्री-पेमेन्टमा दुुई हजार रुपैयाँसम्मको छुट, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निशुल्क डेलिभारी, निशुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ ।

यो अभियानको लागि एनएमबि बैंकका कार्ड प्रयोगकर्ताहरूले प्री-पेमेन्टमा आकर्षक छुटको मजा लिन सक्नेछन् । एनएमबि बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिसत अर्थात १५ सय रुपैयाँसम्मको छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कार्ड प्री-पेमेन्टमा २० प्रतिशत अर्थात दुई हजार रुपैयाँसम्म छुट पाउनेछन् ।

 बैंकले हाल देशभर एक सय ८१ वटा शाखा, एक सय ३७ वटा एटिएम काउन्टरहरु तथा नौ वटा एक्सटेन्सन काउन्टर मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।  

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update