Kath Khabar
नेप्सेमा दुई अंकले वृद्धि, पाँच वटा समूहले कमाउँदा आठ वटा समूहले गुमाए



                  काठमाडौं, भदौ ५ । नेप्सेमा सामान्य अंकले मात्र सुधार देखिएको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से दुई दशमलव ११ अंकले बढेर २९ सय ६८ दशमलव ४४ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २५ अंकले बढेर पाँच सय ३० दशमलव ११ अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय ३७ वटा कम्पनीहरुको दुई लाख १४ हजार तीन सय १९ पटकको कारोबारमा चार करोड १४ लाख ५४ हजार छ सय ११ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार सात सय ९२ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लगानी र अन्य सहितका पाँच वटा समुहको सूचक बढेपनि जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र व्यापार सहितका आठ वटा समुहहरूको सूचक भने घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स लिमिटेड, मल्टिपर्पोज फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने कर्णाली विकास बैंक, मातृभूमि विकास बैंक आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, ङादी ग्रुप पावर लिमिटेड, अपि पावर लिमिटेड आदि परेका छन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update