Kath khabar
सुनको मूल्य तोलामा ११ सयले घट्यो



                          काठमाडौं, भदौ ६  । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँचले कम भई आज रु एक हजार आठ सय ३० मा कारोबार भएको छ ।
----

 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update