Kath khabar
टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

 

                काठमाडौं, भदौ ६ । सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध सरकारले  हटाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update