Kath khabar
घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?


                  काठमाडौं, भदौ ७ । आज सुनको मूल्य तोलामा रु पाँच सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला रु एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ । विहीबार प्रतितोला रु एक हजार आठ सय ३०मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार आठ सय १५ निर्धारण भएको छ ।
 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update