Kath khabar
तोलामा रु एक हजारले बढ्यो सुनको मूल्य


                  काठमाडौं, भदौ ९ । आज सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५० निर्धारण भएको छ ।
---

 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update