Kath khabar
झण्डै ८० अंकले घट्यो नेप्से

 

                        काठमाडौं, भदौ ९ ।  नेप्से झण्डै ८० अंकले घटेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से ७९ दशमलव ८८ अंकले घटेर २८ सय ९४ दशमलव ५७ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ १४ दशमलव ५२ अंंकले घटेर पाँच सय १९ दशमलव ३४ अंकमा सीमित भएको छ । 

नेप्सेमा तीन सय ३३ वटा कम्पनीहरुको दुई लाख १८ हजार पाँच सय ७८ पटकको कारोबारमा चार करोड २६ लाख ८६ हजार छ सय ४० कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम १९ अर्ब ७४ करोड पाँच लाख ९३ हजार आठ सय रुपैंंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएका छन् । सो अनुसार आज लघुवित्त समुहको सूचक बढेको भएपनि वाणिज्य बैंक, विकास बैक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, अन्य, लगानी, सामूहिक लगानी कोष, उत्पादनमूलक र व्यापार समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज वीन लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने मन्दाकिनी हाइड्रोपावर लिमिटेड, बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने अपि पावर लिमिटेड, शाईन रेसुंगा डेभलपमेन्ट बैंक आदि परेका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update