काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या
काठमाडौं, भदौ १० । काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या भएको छ । आइतबार राति शंखमुलस्थित बुद्धबिहार अगाडि रहेको ‘टाइमपास स्नुकर हाउस’मा पुरुषको हत्या भएको हो ।
आइतबार राति शंखमुलस्थित बुद्धविहार नजिकै रहेको टाइमपास स्नुकर हाउस मा हत्या भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा स्नुकर हाउसका मालिक ४० वर्षीय रुपक बान्तवा रहेको बताइएको छ । बान्तवाको कुटपिट गरी हत्या गरिएको बताइएको छ ।
घटनाको अनुसन्धान जारी रहेको र घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१ १२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय