Kath khabar
कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

                  काठमाडौं, भदौ ११  । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।  कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update