Kath khabar
मुकुल ढकाल रास्वपाको साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्काशित

 

                काठमाडौं, भदौ ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ। मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।

रास्वपा अनुशासन आयोगको सिफारिसमा पार्टीको विधान र राजनीतिक दलसम्बन्धी नियमलाई टेकेर ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।
ढकाललाई रास्वपाले यसअघि पटकपटक स्पष्टीकरण सोधेको थियो । पार्टीले सोधेको प्रत्येक स्पष्टीकरणको जवाफमा उनले सभापति रवि लामिछानेलाई नै गम्भिर आरोपहरु लगाएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update