Kath khabar
भारतमा विषाक्त खानाबाट १३० जना अस्पताल भर्ना


               नयाँदिल्ली, भदौ १२ । गहुँको पिठोले बनेको पकौडा खाँदा महिला र बालबालिकासहित करिब १३० जना बिरामी परेका र पछि उनीहरूलाई खानामा विषाक्तताका कारण अस्पताल भर्ना गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

 मथुरा जिल्लाको फराह सहरमा हिन्दू धर्मावलम्बीहरूको पर्व जन्माष्टमीको अवसरमा सोमबार राति मानिसहरूले पकौडा खाएका थिए ।

अधिकारीहरूका अनुसार पीडितहरूमा पकौडा खाएपछि चक्कर लाग्ने र काँप्ने जस्ता लक्षणहरु देखा परेको थियो । “हाल सबै बिरामीको अवस्था स्थिर छ”, मथुरा जिल्ला मजिस्ट्रेट शैलेन्द्र कुमार सिंहले भन्नुभयो ।

गहुँको पिठो कुन स्रोतबाट किनेको हो भन्ने पत्ता लगाउन टोली गठन गरिएको छ । टोलीलाई छापा मार्ने र आपूर्तिकर्ताहरूको पसल सिल गर्न निर्देशन दिइएको छ ।   
---

 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update