Kath khabar
सुनको भाउ फेरी उच्च, कति पुग्यो तोलामा  ?

 

                 काठमाडौं, भदौ १२ ।  आज पनि सुनको मूल्य वृद्धि भएर हालसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा रु आठ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ ।  मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार एक सय मूल्य निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५५ निर्धारण गरिएको छ ।
–––

 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update