अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थीको गोली हानी हत्या
काठमाडौं, भदौ १२ । अमेरिकाको टेक्सासमा अध्ययनरत एक नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा गोली लागेर हत्या भएको हो ।
अपार्टमेन्टका कर्मचारीहरूका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र शव भएको जानकारी दिएको थियो । सूचना पाएपछि अपार्टमेन्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । समाचार एजेन्सीका अनुसार मुनाको छातीमा गोली लागेको थियो । मुनाका साथीहरूका अनुसार उनको फोन दुई दिनदेखि स्वीचअफ थियो ।
मृतक मुना सन् २०२१ मा एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा अमेरिका गएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ १४:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय