Kath khabar
आइसिसीको अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित


                   नयाँदिल्ली, भदौ १२ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आगामी अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित भएका छन् ।

सन् २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सचिव र सन् २०२१ देखि एसियाली क्रिकेट परिषद्को अध्यक्षका रूपमा काम गरेका शाहले सन् २०२४ डिसेम्बर १ देखि यो प्रतिष्ठित भूमिका ग्रहण गनेछन्  ।

आइसिसीको मिडिया विज्ञप्तिअनुसार वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकाल नखोज्ने निर्णय गरेपछि शाह अध्यक्ष पदका लागि एक मात्र उम्मेदवार थिए  ।

निर्वाचित भएपछि शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने आफ्ने मनसाय व्यक्त गरे । विशेषरूपमा लस एन्जलस २०२८ ओलम्पिकमा यसको आगामी समावेशका साथै एक क्षणमा खेलको विकासका लागि उनले महत्त्वपूर्ण अवसरका रूपमा भएकाे छ ।

“अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को अध्यक्षका रूपमा निर्वाचित भएकामा म विनम्र भएको छु”, आइसिसीलाई उद्धृत गर्दै उनले भने, “म क्रिकेटलाई अझ धेरै विश्वव्यापी बनाउन आइसिसी टिम र हाम्रा सदस्य मुलुकहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छु, हाम्रो लक्ष्य क्रिकेटलाई पहिलाभन्दा धेरै समावेशी र लोकप्रिय बनाउनु हो ।”

आइसिसीको नेतृत्व गर्ने शाह सबैभन्दा कम उमेरको व्यक्ति बनेका छन् । विगतमा आइसिसीको नेतृत्व गर्ने जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशाङ्क मनोहरजस्ता भारतीयमा पनि उनी सामेल भएका छन् ।
–––

 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update