सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सभामुखद्वारा प्रमाणित
काठमाडौं, भदौ १२ । सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गर्नुभएको छ ।
सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उहाँले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ प्रमाणित गर्नुभएको हो ।
सो विधेयक सङ्घीय संसद्का दुवै सदनबट पारित भइसकेको छ । गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रियसभाले पारित गरेको थियो । सभामुखले प्रमाणित गर्नुभएको यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएपछि विधेयकले कानुनको मान्यता पाउने व्यवस्था छ ।
–––
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ १७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय