Kath khabar
तनहुँमा छ सवारीसाधन ठोकिँदा चारजना घाइते


                दमौली (तनहुँ), भदौ १३ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा बुधबारछ सवारीसाधन एकापसमा ठोकिँदा चारजना घाइते भएका छन् ।

राजमार्गमा दमौली तर्फबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख २०३४ नं. को बसको ब्रेक फेल हुँदा सोही दिशातर्फ जाँदै गरेको ग ३ ख १३९० नं को ट्रकलाई ठक्कर दिएको थियो । बस अनियन्त्रित हुँदा सोही दिशामा जाँदै गरेको ग ३ च ८३९० नं को बलेरोलाई ठक्कर दिएको थियो । बोलेरो गाडीको ढक्कर लागेर सोही दिशामा जाँदै गरेको ग १ ख ९५६१ नम्बरको बस र उक्त बसले ना १ च ८४३४ नम्बरको बलेरो, उक्त बलेरोले ना २ ख ३७८९ नम्बरको हाइसलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

घाइते हुनेमा बोलेरो चालक मकवानपुर थाहा नगरपालिका–७ का २४ वर्षीय नवराज गोले, त्यसमा सवार बागलुङ काठेखोला गाउँपालिका–५ का ५९ वर्षीय देवीलाल कँडेल, सोही ठाउँका ४९ वर्षीया विमला कँडेल र सहचालक रौतहट गजुरा नगरपालिका–५ बस्ने ४६ वर्षीय निरतारिक बाबु रहेका छन् ।

घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
---

 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update