Kath khabar
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त


                       काठमाडौं, भदौ १४ । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबारबसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री  एवं  सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा(एमाले) निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवं चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।
---

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update