Kath khabar
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


                  काठमाडौं, भदौ १६ । आज सुनको मूल्य तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।
---

 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update