Kath khabar
दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते


             दमौली (तनहुँ), भदौ १६ । ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् ।

भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
---

 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update