Kath khabar
झण्डै सात अंकले बढ्यो नेप्से


               काठमाडौं, भदौ १८ । नेप्से सामान्य अंकले मात्र बढेको छ । अघिल्लो दिन एक सय २७ अंकले बढेको नेप्से आज मंगलबार दशमलव ९० अंकले बढेर २८ सय ३० दशमलव १६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव शून्य छ अंकले बढेर पाँच सय चार दशमलव ८९ अंकमा कायम भएको छ ।  

नेप्सेमा आज तीन सय २८ वटा कम्पनीहरुको एक लाख ४४ हजार एक सय ९७ पटकको कारोबारमा तीन करोड पाँच लाख ९९ हजार आठ सय ९० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम १३ अर्ब ५७ करोड ७१ लाख पाँच हजार दुई सय ८९ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, जलविद्युत, फाइनान्स, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक घटेपनि विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, र लघुवित्त समुहको सूचक भने बढेर हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, मातृभाषी नेपाल लघुवित्त वित्तीय संस्था, समृद्धि फाइनान्स लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन पावर पार्टनर, दोल्ती पावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, अपी पावर लिमिटेड आदि परेका छन् ।  
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update