Kath khabar
प्रधानमन्त्री ओलीको फेसबुकमा फलोअर घट्ने क्रम बढ्दो


                     काठमाडाैं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा फलोअर्स घट्दै गएका छन् । बालेन र नेकपा एमालेबीचको असमझदारीका कारण प्रधानमन्त्री ओलीका अनुयायीको सङ्ख्यामा उल्लेख्य कमी आएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेकपा एमालेबीचको असमझदारीका कारण प्रधानमन्त्री ओलीका अनुयायीको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । मंगलबारसम्म, उनको फेसबुक पेजमा  ६ लाख ६६ हजार फलोअरहरू थिए तर बुधबार दिउँसोसम्म ५ लाख ९३ हजार मात्र रहेका छन् ।

भदौ १६ गते बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा पोस्ट गरेका थिए तर सो पोस्ट मंगलबार बिहान हटाइएको थियो । पोस्ट गायब भएपछि उनका समर्थकले प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान सुरु गरेको बताइएको छ ।

पोस्ट हटेपछि मेयर बालेनले "पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।" भनेर फेरी अर्को पोस्ट गरेका छन् । तर प्रधान मन्त्रीको सचिवालयले भने कसैले फेसबुकलाई रिपोर्ट गरिदिएपछि फेसबुकले नै उक्त पोस्ट हटाइदिएको बताएको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update