Kath khabar
दुई छोरीलाई विष खुवाएर भागेकी आमा पक्राउ, आमाले पनि खाएकी थिइन् विष


                     मोरङ, भदौ १९ । मोरङको सुन्दरहरैचामा दुई छोरीको शव फेला पारेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । उनलाई बुधबार बिहान झापाबाट प्रहरीले पक्राउ गरेको हो ।

गत शनिबार सुन्दरहरैचाको केरा बगानमा दुई दिदीबहिनीको शव फेला परेको थियो । मृत्यु हुनेमा धनकुटाको पाख्रिबास नगरपालिका-४ ढिकुरे र सुन्दरहरैचा-७ बस्ने अर्जुन कार्कीका एक वर्षीया आइका कार्की र तीन वर्षीया अर्पण कार्की छोरी हुन् ।

घटनामा संलग्न बालिकाकी आमा २९ वर्षीया अस्मिता न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । आमाले नै दुई छोरीलाई विष खुवाएर हत्या गरेको पुष्टि भएको छ । उनले छोरीहरूलाई विष खुवाएको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । उनले पनि विष खाएको तर डोज कम भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेकी उनलाई बुधबार बिहान ६ बजे झापाको बिर्तामोडबाट पक्राउ गरिएको हो । आमासँगै हिँडेका दुई छोरी शनिबार दिउँसो मृत अवस्थामा भेटिएका थिए । जेठी बहिनीले कान्छीलाई अँगालो हालेको शव भेटिएको थियो ।

 

 

 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update