Kath khabar
अछाममा जिप दुर्घटना हुँदा आठ घाइते


                   अछाम, भदौ १९ । यहाँको साँफेबगर नगरपालिका–८ मटेनास्थित मध्य–पहाडी राजमार्गमा  जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

साँफेबगरबाट मङ्गलसेनतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज.१२३८ नं.को जिप अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

जिपमा नवदुर्गा गाउँपालिका–४ निवासी वर्ष ४२ का चालक लक्ष्मण साउदसहित ११ जना सवार थिए । त्यसमध्ये आठ घाइते भएका छन् । घाइते हुनेमा चौरपाटी गाउँपालिका–१ का १९ वर्षीया कल्पना थापा, १९ वर्षीया देवकी थापा, १८ वर्षीया लक्ष्मी साउद, सोही पालिका वडा नम्बर २ बस्ने २९ वर्षीय लोकेन्द्रबहादुर साउद, १८ वर्षीया तुलसी साउद, १८ वर्षीय प्रेम साउद, १८ वर्षीया प्रति साउद, साँफेबगर नगरपालिका–४ बस्ने १७ वर्षीया पुजा सुनार घाइते भएका छन् ।

घाइते सबैको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताउनुभयो । चालकलाई नियन्त्रणमा लिएको अछाम प्रहरीले जनाएको छ ।
---

 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update