Kath khabar
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एक व्यक्ति पक्राउ


             भक्तपुर, भदौ २० । आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-.६ नगरकोट बेसीटोल बस्ने काठमाडौं शंकरापुर नगरपालिका–१ गागलफेदी घर भएका २९ वर्षीय निरोज लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लामाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीप्रभाग खरीपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update