Kath Khabar
नेप्सेमा २५ अंकले गिरावट, कारोबार रकम १० अर्बमा सीमित


                  काठमाडौं, भदौ २३ । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से २५ दशमलव ४६ अंकले घटेर २७ सय एक दशमलव ९० अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६३ अंकले घटेर चार सय ७९ दशमलव ७२ अंकमा खुम्चिएको छ ।

नेप्सेमा आज तीन सय २८ वटा कम्पनीहरुको एक लाख १२ हजार तीन सय पटकको कारोबारमा दुई करोड २२ लाख ६२ हजार नौं सय २४ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम १० अर्ब १२ करोड २४ लाख आठ हजार दुई सय ४९ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहरुको शेयर कारोबार भएको मध्ये लघुवित्त, उत्पादनमूलक र सामूहिक लगानी कोष समुहको सूचक झिनो अंकले बढेपनि वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, अन्य र व्यापार समुहको सूचक उच्च अंकले घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज महुली लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने थ्रि स्टार हाइड्रोपावर लिमिटेड, कुमारी इक्विटी फण्ड आदिको शेयर मूल्य घटेका छन् ।

\यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी हाइड्रोपावर लिमिटेड, ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड आदि परेका छन् ।  
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update