Kath khabar
पौडी सङ्घद्वारा पलेशालाई सम्मान

 

                     काठमाडौं, भदौ २४ । नेपाल पौडी सङ्घले पेरिस पारा ओलम्पिक–२०२४ मा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई रु २५ हजार नगदसहित सम्मान गरेको छ ।

सङ्घले प्रशिक्षक कविराज नेगीलाई समेत नगद रु १० हजारसहित सम्मान गरेको छ । आइतबार आयोजित एक समारोहबीच पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठ तथा कोषाध्यक्ष दिलिप वैद्यले संयुक्त रूपमा पलेशा र कविराजलाई चेक तथा सम्मान पत्र हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा पूर्व खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको उपस्थिति रहेको थियो । फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न के–४४ विधामा महिला ५७ किलोमुनि रिपेचेजतर्फ कास्य पदक जित्नुभएको थियो । पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ अङ्कले पराजित गर्नुभएको थियो ।  
 

पलेशा नेपाली कांग्रेसद्वारा सम्मानित
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पेरिस पारा ओलम्पिक–२०२४ की ऐतिहासिक कास्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ ।

सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आइतबार  भएको कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पलेशालाई रु पाँच लाखसहित प्रशंसापत्र प्रदान गर्नुभयो । त्यसैगरी, प्रशिक्षक कविराज नेगी लामालाई रु एक लाख ५० हजार तथा पेरिस पारा ओलम्पिकमा सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महतालाई रु ५० हजारसहित प्रशंसापत्रबाट सम्मानित हुनुभयो । यस्तै व्यवस्थापक रामचन्द्र श्रेष्ठ र नेपाल तेक्वान्दो सङ्घलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update