Kath khabar
रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु
Photo : Social Media


                 त्रिवेणी (रुकुम पश्चिम), भदौ २४ । रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा६प २९६१ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो ।

साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट-४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट-६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम  पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।

घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
---

 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update