Kath khabar
५५ अंकले घट्यो नेप्से, सबै सूचकहरू रातै


                 काठमाडौं, भदौ २४ । नेप्से घटेर राताम्मै भएको छ । आज सोमबार पुन ५५ दशमलव ८६ अंकले घटेर २६ सय ४६ दशमलव शून्य तीन अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ५३ अंकले घटेर चार सय ६९ दशमलव १८ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय २७ वटा कम्पनीहरूको एक लाख ११ हजार नौं सय ८६ पटकको कारोबारमा दुई करोड १० लाख ४८ हजार नौ सय ११ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम नौं अर्ब ४३ करोड ९१ लाख छ हजार चार सय २५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएका छन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार सहितका सबै समुहको सूचक घटेर नेप्से आज पुरै रातो देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज हाथ्वे इन्भेष्टेमन्ट नेपाल लिमिटेड, सिईडिबी हाइड्रोपावर लिमिटेड, हाथ्वे इन्भेष्टमेन्ट कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, थ्रि स्टार हाईड्रोपावर लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी हाइड्रोपावर लिमिटेड, हिमालयन रि इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update