Kath khabar
भेस्पा र अप्रिलियाले दिदैछ यो चाडपर्वमा 'खुशी ३ गुणा'


                   काठमाडौं, भदौ २५ । भेस्पा र अप्रिलियाको नेपालको लागि आधिकारिक वितरक डेल्टा अटो कर्पले यो चाडपर्वको अवसरमा आफ्नो ग्राहकवर्गको लागि खुशी ३ गुणा नामक अफर ल्याएको छ, जस मार्फत ग्राहकहरुले पूरै ३ थरीको उपहार र धेरै खुशी पाउनेछन् ।

हरेक भेस्पा वा अप्रिलियाको खरिदमा ग्राहकले १० हजार रुपैंयाँदेखि ७५ हजार रुपैंयाँसम्म नगद छुटको साथ छ हजार रुपैंयाँ बराबरको स्मार्टवाच तुरुन्तै पाउनुहुनेछ भने हरेक हप्ता लक्की ड्रमार्फत हनर २००५ जी एवं बम्पर उपहारस्वरुप ४ रात ५ दिनको बाली भ्रमण १ जोडीले जित्ने मौका पाउन सक्नेछन् ।

विशेष गरी युवा वर्गको माझ लोकप्रिय बनेको भेस्पा र अप्रिलियामा एक्सचेन्ज सुविधाका साथ सरल फाइनान्स र फ्रि एक्सेसरिज पनि उपलब्ध छ । कम्पनीको अनुसार यो अफरले ग्राहकहरुको मन जित्ने पक्का छ किनकि चाडपर्वको सीमित अवधिको लागि लागू हुने यो अफर अन्तर्गत ग्राहकहरुले भेस्पा वा अप्रिलिया खरिद गर्ने बित्तिकै स्मार्टवाच र १० हजार रुपैंयाँ जित्ने निश्चित छ र लक्की ड्र मार्फत पनि हरेक हप्ता हनर मोबाइल एवं योजनाको अन्त्यमा बाली भ्रमण पनि जित्न सक्ने छन् ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update