Kath khabar
१३ अंकले खुम्चियो नेप्से, व्यापार बाहेक सबै समुहको सूचक राताम्मै


                काठमाडौं, भदौ २५ । नेप्से पुन: घटेको छ । अघिल्लो दिन ५५ अंकले घटेको नेप्से आज मंगलबार पनि १३ दशमलव शून्य नौं अंकले घटेर २६ सय ३२ दशमलव ९४ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ८० अंकले घटेर चार सय ६७ दशमलव ३८ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय २८ वटा कम्पनीहरुको ९३ हजार चरा सय ५९ पटकको कारोबारमा एक करोड ९० लाख ७७ हजार पाँच सय ८३ कित्ता शेयर किनबेच भएको छ । सो अनुसार आज कुल कारोबार रकम सात अर्ब २४ करोड ५५ लाख ६८ हजार चार सय २१ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा होटल तथा पर्यटन समुहको सूचक स्थिर रहेको छ भने व्यापार समुहको सूचक बढेको छ । यि बाहेक वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष, लघुवित्त र अन्य समुहको सूचक भने घटेका छन् । 

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मानुषी लघुवित्त वित्तीय संस्था, कुमारी सबल योजना आदिले सबै भन्दा बढी कमाएका छन् भने सिद्धार्थ लगानी वृद्धि योजना ३, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था आदिले सबैभन्दा बढी गुमाएका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयर, एक्सेल डेभलपमेन्ट बैंक, सिईडिबी हाइड्रो डेभलपमेन्ट लिमिटेड आदि परेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update