Kath khabar
अमर चित्रकारकाे नेपालभाषाको गीत  ‘छंगु ल्यू ल्यू’ सार्वजनिक (भिडियोसहित)


                       काठमाडौं, भदौ २५ । करिब १७ वर्षको अन्तरालपछि गायक अमर चित्रकारले नेपालभाषाको गीत ‘छंगु ल्यू ल्यू’ सार्वजनिक गर्नुभएको छ ।

गीतमा गायक अमर चित्रकारसँगै सरीता महर्जनको पनि स्वर रहेको छ । नेपालभाषाको उक्त गीतको म्यूजिक भिडियो गत शनिबार एक कार्यक्रमको आयोजना गर्दै प्रिमियर गरिएको हो । कार्यक्रममा  वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो  ।

गायक अमर चित्रकारकै शब्द रचना रहेको यस गीतलाई भुपेन्द्र बज्राचार्यले संगीत दिनुभएको छ । कृष्णभक्त महर्जनको कोरियोग्राफी रहेको म्यूजिक भिडियोमा कलाकार मनोज महर्जन र नेरिशा महर्जनले अभिनय गरेका छन् ।

यो म्यूजिक भिडियो आरबि म्यूजिक नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हाे ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update