Kath khabar
बीमा कम्पनीहरुको व्यवसायीक दायरा बढ्दै

काठमाडौं, साउन ५ । बीमा कम्पनीहरुको व्यवसायीक दायरा बढ्दै गएको छ । बीमा समितीको आज मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार पनि बीमा कम्पनीहरुको पहुँच र दायरा दुबै बढ्दै गएको हो ।

समितीले यही साउन एक गते शुक्रबार सबै जीवन बीमा कम्पनी र निर्जिवन बीमा कम्पनीहरुमा स्थलगत अनुगमन हुँदा प्राप्त भएको तथ्यांकबाट गत आर्थिक बर्षमा कुल बीमा शुल्कमा बृद्धि भएको देखिएको हो । 

गत आर्थिक बर्षमा २०७७/०७८ मा जीवन बीमा कम्पनीहरुबाट कुुल एक खर्ब २० अर्ब ५५ करोड २३ लाख र निर्जिवन बीमा कम्पनीहरुबाट कुल ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ गरी कुल एक खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैंयाँ बीमा शुल्क संकलन भएको छ । 

अघिल्लो आर्थिक बर्ष २०७६/०७७ को तुलनामा आर्थिक बर्ष २०७७/०७८ मा जीवन बीमा तर्फको कुल बीमा शुल्कमा २८ दशमलव ७१ प्रतिशत र निर्जिवन बीमा तर्फको कुल बीमा शुल्कमा १५ दशमलव ३५ प्रतिशतले बृद्धि भएको छ ।

यसैगरी गत आर्थिक बर्षमा जीवन बीमातर्फ १५ हजार नौ सय ६४ वटा बीमालेखको जम्मा दुई अर्ब २५ करोड दुई लाख र निर्जिवन बीमा तर्फ ८६ हजार चार सय ४० वटा बीमालेखको जम्मा २० अर्ब १४ करोड ५१ लाख बीमा मागदावीको भुक्तानी दिन बाँकी रहेको देखिएको समितीको भनाई छ । 

यस्तै गत आर्थिक बर्षमा जीवन बीमातर्फ नौ अर्ब ८८ करोड १४ लाख ६३ हजार तीन सय ३१ वटा बीमालेखहरु व्यतित भएको समितीले जनाएको छ ।   
 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update