Kath khabar
मङ्गोलियामा दर्ता भएका मृत्युमध्ये लगभग ३० प्रतिशत रोकथाम गर्न सकिने : अध्ययन


                   उलानबटोर, भदौ २६ । मङ्गोलियाको स्वास्थ्य विकास केन्द्रले मङ्गलबार जारी गरेको एक अध्ययनले मङ्गोलियामा दर्ता भएका मृत्युमध्ये लगभग ३० प्रतिशत रोकथाम गर्न सकिने देखाएको छ ।

सन् २०१५ देखि २०२२ सम्म ७५ वर्षमुनिका व्यक्तिहरूमा एक लाख ३६ हजार सात सय १८ जनाको मृत्यु भएको र यीमध्ये २९ दशमलव छ प्रतिशत मृत्यु रोक्न सकिने अनुसन्धानले पत्ता लगाएको थियो ।

 यस अवधिमा रोकथाम योग्य मृत्युको राष्ट्रिय औसत सन् २०१५ मा प्रति एक लाख जनसङ्ख्यामा एक सय ७५ मा पुग्यो र सन् २०२० मा यसको न्यून न्न्दिुमा प्रति एक लाखमा एक सय ३७ दशमलव छ पुगेको थियो ।

अध्ययनले रोकथाम गर्न सकिने मृत्युमध्ये ९४ प्रतिशतभन्दा बढी नसर्ने रोगका कारण हुने गरेको प्रकाश पारेको छ । यसको प्रमुख कारणहरूमा सेरेब्रोभास्कुलर रोग, इस्केमिक हृदय रोग, जन्मपूर्व रोग, निमोनिया र क्षयरोगसहित माथिल्लो र तल्लो श्वासप्रश्वास मार्गका रोगहरू समावेश छन् ।
---

 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update