Kath khabar
वाइडबडी विमान इटालीबाट फर्कियोः लामो गन्तव्यमा उडान भर्ने



                       काठमाडौं, भदौ २७ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए-३३० विमान मर्मतपछि आज काठमाडौं आइपुगेको छ ।

गत असार ८ मा विमानको विस्तृत परीक्षण विस्तृत परीक्षण (सी-चेक)का लागि इटाली गएको एन एएलवाई कलसाइनको उक्त विमान करिब साढे दुई महिनापछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको ए-३३० (अन्नपूर्ण) विमान आज बिहान ८ बजेर ३६ मिनेटमा काठमाडौंअवतरण गरेको छ । योसँगै लामो दूरीका जापानलगायत अन्य अन्तर्राष्ट्रिय उडानमा तीन विमानको उडानमार्फत यात्रुलाई थप सेवा दिने विश्वास छ ।    

निगमको अर्को वाइड बडी विमान पनि सी-चेकका लागि इटाली गएको छ । निगमले २२ जुन (असार ८)मा इटलीमा मर्मतका लागि पठाएको थियो । निगमसँग अन्तर्राष्ट्रिय उडानमा रहेका चार एयर बसमध्ये हाल दुई न्यारोबडी मात्रै उडानमा थिए । एक वाइडबडी थपिएपछि अब तीन विमानमार्फत अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख  गरेको छ ।
---

 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update