Kath khabar
टोल टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लामाटारका सेवाग्राहीको बैंक खाता खोलिँदै


                  ललितपुर, भदौ २७ । महालक्ष्मी नगरपालिका वडा नं ९ लामाटारका जेष्ठ नागरिक, एकल महिला र पुरुषहरु बुधबार गहते लक्ष्मीचा टोल विकास संस्थामा आएका कुमारी बैंकका कर्मचारीहरूले बैक खाता खोलिदिँदै थिए ।

वडा नं ९ अन्तर्गत रहेका मतदान केन्द्रलाई आधार बनाएर ती केन्द्रहरुबाटै सेवाग्राहीलाई सहज हुने गरि चालु आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि मतदान केन्द्रहरुमा सेवाग्राहीलाई बोलाई बैंक खाता खोल्ने वातावरण मिलाएको वडाध्यक्ष जयकृष्ण बोगटीले बताए ।

चालु आर्थिक वर्षको पहिलो किस्ता वापत दशैंका लागि वडा कार्यालय सहित वडाका ५ वटै मतदान केन्द्रहरुबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने उनले बताए । वडाका शारीरिक अशक्त, अपाङ्ग, दृष्टिविहीन र हिँडडुल गर्न नसक्ने सेवाग्राहीलाई भने उनीहरुकै घरमा बैंकका कर्मचारी लगेर बैंक खाता खोल्ने व्यवस्था मिलाएको पनि वडाध्यक्ष बोगटीले बताए ।

सो वडामा जेष्ठ नागरिक, एकल महिला र पुरुष, शारीरिक अपाङ्गता भएका र अशक्त गरि एकसय जना र जेष्ठ नागरिक समेत गरि ७ सयभन्दा बढी सेवाग्राही रहेको वडा सदस्य शशिधर पोखरेलले बताए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update