Kath khabar
पानी पिउँदा ध्यान दिनुपर्ने कुराहरु ...

काठमाडौं, साउन ५ । पानी हाम्रो जीवनको लागि अत्यावश्यक चीज हो । हाम्रो शरीरमा ७०% पानी हुने गर्दछ । हाम्रो शरीरमा जति पनि कोषिकाहरु हुन्छन् तिनीहरुलाई हाइड्रेट गर्नको लागि पानीको महत्वपूर्ण भूमिका रहने गर्दछ । पानीले हाम्रो शरीरको तापक्रमलाई नियन्त्रणमा राख्ने काम गर्दछ । शरीरमा पानीको मात्रा कम हुँदा अनेकौं रोगहरु निम्तिने गर्दछ । 

पानी पिउन पनि हामीले जान्नुपर्दछ लापरवाही गरेर पानी पिउनु हुँदैन कतिबेला पानी पिउने कसरी पिउने भन्ने कुरा पनि हामीले बुझिराख्नु एकदम जरुरी छ । गलत तरिकाले पानी पिउँदा हामीलाई फाइदा गर्नुको साटो उल्टो बेफाइदा गरिरहेको हुन्छ । 

पानी पिउनुका फाइदाहरु :
१. पानीले शरीरको डिटाक्सीफाई गर्ने काम गर्दछ ।
२. पानीको सेवनले तौल घटाउन पनि मद्धत गर्दछ ।
३. पानीले कब्जियतको समस्या पनि नष्ट गर्दछ । 
४. पानीले शरीरको थकावट र टाउको दुखाई पनि कम गर्दछ ।
५. पानीले शरीरको सुख्खापन पनि हटाउँछ ।  

कम पानी पिउनाले आउने समस्याहरु :
१. कम पानी पिउनाले डिहाइड्रेशनको शिकार हुन सक्छ जस्तै कि तपाईको मुख, अनुहारमा सुख्खापन हुनु र शरीरमा सुख्खापन महशुस हुने गर्दछ । 
२. पानीको कम सेवनले एसिडिटि, अल्सर, पेट पोल्ने र कब्जियत जस्ता समस्या आउने गर्दछ । 
३. पानीको कमीले शरीरको कोषिकाहरु नष्ट हुने गर्दछ । 
४. पर्याप्त मात्रामा पानी नपिउनाले मृगौलामा पनि खराबी आउन सक्छ ।
५. पिसाबमा सङ्क्रमण हुन सक्दछ ।    

दिनमा कति पानी पिउने र कसरी पिउने :
१. दिनमा २ लिटर पानी पिउन स्वास्थ्यको लागि आवश्यक छ ।
२. एकै साथ पुरा पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिदैन ।
३. बिहानको समय खाली पेटमा २ गिलास मनतातो पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ दिनमा कम्तिमा पनि   हामीले ८-९ गिलास पानी पिउनु पर्छ ।  
४. राती खाना खाएको १ घण्टा पछि सुत्नु अगाडि एक गिलास मनतातो पानी पिउनु पनि स्वस्थवर्धक  मानिन्छ ।
५. हामीहरुले उठेर, हिडिरहेको अवस्थामा पानी पिउँनु हुँदैन, पानी पिउँदा बिस्तारै बिस्तारै घुँट घुँट गरेर पिउनु उपयुक्त हुन्छ । पानी पिउँदा धेरै थोरै गरेर दिनभरी पिउँन सकिन्छ ।
६. पानी पिउँदा सम्भव छ भन जहिल्यै हल्का मनतातो बनाएर पिउनु होला । चिसो पानी सकभर सेवन नगर्नुहोस् ।
७. खाना खाने बित्तिकै पानी पिउनाले पाचन क्रिया बन्द हुने गर्दछ र खाना पच्न सक्दैन ।
८. खाना खाने समयमा यदि प्यास लागेको छ भने हल्का मनतातो पानी पिउन सक्नुहुन्छ ।
९. पानी पिउँदा खाना खाएको एक घण्टा पछि मात्र पिउनु उपयुक्त मानिन्छ ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update