Kath khabar
सुनको मूल्यले बनायो फेरी नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?


                    काठमाडौं, भदौ २८ ।  आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला रु एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु ६५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ६०  निर्धारण भएको छ ।
---

 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update