बझाङमा भूकम्पको धक्का महसुस
चैनपुर (बझाङ),भदौ २८ । बझाङमा भूकम्पको महसुस गरिएको छ । आज साँझ ८ बजेर ३६ मिनेटमा तीन दशमलव सात म्याग्निच्युडको भूकम्पको धक्का गएको भूकम्प विद् डा शिव सुवेदीले जानकारी दिनुभयो ।
भूकम्पको धक्का महसुस भए पनि क्षति भने नभएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो ।
---
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१ २२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय