काठमाडौं, साउन ५ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार एक सय आठ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल १३ हजार एक सय ३५ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा देशभर एक हजार पाँच सय ९५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा नेपाल कोभिड १९ को संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड १९ को सक्रमणबाट मृत्युु हुनेहरुको कुल संख्या नौ हजार छ सय सात पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने सात सय १९ जना संक्रमित थपिएकाछन् ।
सो मध्ये काठमाडौं जिल्लामा पाँच सय ३१, ललितपुर जिल्लामा एक सय ४७ र भक्तपुर जिल्लामा ४१ जना संक्रमितहरु थपिएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो पटक थप भएको समेत गरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितहरुको कुल संख्या सात हजार आठ सय १८ पुगेको छ ।