Kath khabar
माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते


                 राजविराज (सप्तरी), भदौ ३० । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ  ।

भारदहबाट  सुनसरीतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ३८६६ नं. को विङगरले सडक छेउ बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने कारी अधिकारीको ५० वर्षीय श्रीमती अनिता देवि अधिकारी र उनकै १० महिनाको नाती आदर्श अधिकारीलाई ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट गम्भीर घाइते भएका आदर्शको बिराट नर्सिङ होम बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुण्डीराज न्यौपानेले जनाकारी दिनुभयो । ठक्करबाट घाइते भएका अनिता देवी अधिकारीको टाउको, छाति, बाया खुट्टालगायतका भागमा चोट लागेको छ । उहाँको उपचार भइरहेको छ ।

प्रहरीले विङ्गर चालक सप्तरी छिनमस्ता गाउँपालिका  ७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ ।

उक्त घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरोध गरेका छन् । (रासस)
---

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update