Kath khabar
नेप्सेमा उच्च गिरावट, ५७ अंकले घट्दा सात अर्बको कारोबार


                काठमाडौं, भदौ ३१ । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन ५० अंकले घटेको नेप्से आज सोमबार पनि ५७ दशमलव शून्य तीन अंकले घटेर २५ सय ८० दशमलव ७६ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५४ अंकले घटेर चार सय ६० दशमलव ११ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरुको ९२ हजार आठ सय १५ पटकको कारोबारमा एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ३६ करोड १९ लाख ८८ हजार तीन सय ८३ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरूको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सूचक २३ दशमलव ५६ अंकले घट्दा जलविद्युत समुहको सूचक पनि ७४ दशमलव ६५ अंकले घटेर ३१ सय ९६ दशमलव ४१ अंकले घटेको छ । विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा,  होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक पनि घटेर रातै भएका छन् ।  

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड, एनसीसी डिबेन्चर २०८६ आदिको शेयर मूल्य बढेका छन् भने गुडविल फाईनान्स लिमिटेड, एसियन हाइड्रोपावर लिमिटेड, मन्दाकिनी हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी परेका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update