Kath khabar
इन्द्रजात्रामा बालेनको फोटो अंकित टिसर्ट लगाएर बसन्तपुर पुगेकाहरु प्रहरी नियन्त्रणमा

 

                             काठमाडौं, असोज १ । इन्द्रजात्राको अवसरमा बालेन शाहको फोटो र बालेन लेखिएको टिसर्ट लगाएर बसन्तपुर पुगेका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शाहका समर्थक र स्थानीय बासिन्दाबीच बालेन सिटी लेखिएको बारेमा विवाद भएपछि बसन्तपुर दरबारबाट अगाडिबाट उनीहरुलाई हटाएर प्रहरी वृत्त जनसेवामा लगिएको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति कार्यक्रममा बाधा पुर्‍याउन सक्ने भन्दै पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्। इन्द्रजात्राको सुरक्षा र सुव्यवस्था कायम गर्न दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update