Kath khabar
२०८१ सालको भैरव पुरस्कार लक्ष्मण गाम्नागेलाई,  चूडामणि गौतमलाई वाङ्मय तथा लक्ष्मी गिरीलाई प्रतिभा पुरस्कार


                       काठमाडौं, असोज १ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले मङ्गलबार सार्वजनिक गरेको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । 

जसअनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको भैरव वाङ्मय पुरस्कार चुडामणि गौतमलाई प्रदान गरिने गुठीले जनाएको छ । त्यस्तै ५१ हजार १ सय ११ रुपैयाँ राशीको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहनु भएको चयन समिति  गठन गरेको थियो । 

भैरव स्मृति दिवसको दिन यही असोज १९ गते शनिवार राजधानीको गोकर्णेश्वर-५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update