Kath khabar
गत शनिबार मात्र ‘मिस्टर काठमाडौं-२०२४’ को उपाधि जितेका प्रकाश राईको मृत्यु

 

                               काठमाडौं, असोज २ । गत शनिबार मात्र शारीरिक सुगठनको प्रतियोगिता ‘मिस्टर काठमाडौं-२०२४’  को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु भएको छ ।

मोरङ बेलबारीका ४५ वर्षीय राईको आज बिहान उनी बसेको होटलमा हृदयघातका कारण मृत्यु भएको बताइएको छ । उनलाई हृदयघात भएको अनुमान गरिएपछि उपचारका लागि टोखास्थित ग्राण्डी अस्पताल पुर्‍याइएको थियो ।

गत शनिबार दशरथ रंगशालाको कर्भड हलमा सम्पन्न विभिन्न ६ तौलसमूहमा पहिलो भएका खेलाडीबीचको प्रतिस्पर्धामा प्रकाश पहिलो हुँदै मिस्टर काठमाडौंको उपाधि जित्न सफल भएका थिए । फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका थिए ।

 

 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update